काठमाडौं/२२ फागुन–चैत ६ गतेबाट सुरु हुन लागेको माध्यमिक तह (कक्षा १०) को एसईई परीक्षा सर्ने भन्ने कुरा हल्ला मात्र भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक राम राज खकुँरेलले जानकारी दिएका छन् ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र गर्न विद्यालयहरुलाई निर्देशन दिए सँगै बजारमा एसईई परीक्षा पनि सर्ने हल्ला फैलिएको थियो । तर, नियन्त्रक खकुँरेलले आधिकारीक रुपमा एसईई परीक्षा सर्ने निर्णय नभएको खबर एजुकेशनलाई जानकारी दिए । उनले हल्लाको पछि नलागी परीक्षार्थीहरुलाई परीक्षाको तयारी गर्न समेत सुुझाव दिएका छन् । एसईई परीक्षाको प्रश्नपत्रहरु सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको र परीक्षा केन्द्र निर्धारण भईसकेको अवस्थामा परीक्षा सर्ने सम्भावना नभएको उनको भनाई छ ।
नेपाल कोरोना भाइरसको जोखिममा मात्र रहेको बताउँदै उनले भने,“कोरोना भाइरसले महामारीको रुप लिएमा मात्र परीक्षा स्थागित हुनेछ ।” उनले परीक्षा केन्द्र पनि निर्धारण गरे अनुसार नै हुने जानकारी दिए ।
एसईई परीक्षा सर्ने हल्ला मात्र, निर्धारित समयमै परीक्षा हुने
