कक्षा ८ को परीक्षा फागुन २८ गतेदेखि गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं/२२ फागुन–काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा आधारभूत तह (कक्षा ८) को महानगरस्तरीय परीक्षा फागुन २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन गरिने भएको छ ।
महानगरले शिक्षा मन्त्रालयको निर्णय अनुसार चैत ५ गतेभित्र परीक्षा सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । फागुुन २८ गते अंग्रेजी, २९ गते नेपाली, ३० गते विज्ञान, चैत १ गते सामाजिक, २ गते गणित, ३ गते स्वास्थ्य र नैतिक, ४ गते पेशा व्यवसाय र प्रविधि तथा चैत ५ गते स्थानीय विषयको परीक्षा सञ्चालन हुने भएको छ । महानगरका अनुसार परीक्षा बिहान ११ बजेदेखि सञ्चालन हुने छ ।
यसअघि महानगरले चैत ६ गतेदेखि परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरेको थियो । कोरोना भाइरसको कारण शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सक्न विद्यालयलाई निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *