काठमाडौं/२० असार-राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारीमा छ । नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको हो ।
बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकिएको छ । प्रविष्ट गरिएका तथ्याङ्क रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले बताए ।
यसरी हेर्न सकिन्छ नतिजा
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विभिन्न वेबसाईड, एसएमएस र आईभिआर बाट प्रकाशन गरिने जनाएको छ । बोर्डले दर्ता भएका विभिन्न संस्थाहरुलाई सर्टकोड र वेबसाईड प्रयोग गर्न स्विकृत दिएको छ ।




