४० हजार घुस सहित प्रअ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक सहित कार्यलयका सहयोगीलाई ४० हजार घुस सहित पक्राउ गरेको छ ।

कपिलवस्तु, शिवराज नगरपालिका ६ विशुनपुरमा स्थित श्री बाल ज्योति माध्यमिक विद्यालयको प्रधानाध्यापम रविन्द्रप्रसाद मौर्य र कार्यलयको सअयोगी रामकुरा लोनिया ४०,००० घुस सहित पक्राउ गरेको हो । दुवै जानालाई चन्द्रौटा स्थित न्यू सिद्धार्थ होटेल गेष्ट हाउसबाट रंगे हात नियन्त्रणमा लिइएको हो । विज्ञान शिक्षक भर्ना गर्ने उद्देश्यले सो रका माग गरेको अख्तियारको दाबी छ ।