नवरात्रीको चौथो दिन, कुष्माणडा देवीको पूजा गरिदैं

नवरात्रीको चौथो दिन कुष्माण्ड देवीको पूजा, आरधाना गरेर मनाइदैं छ । असोजको शुल्क चुतर्थीको दिनमा कुष्माण्ड देवीको विभिन्न शक्तीपाठहरु तथा घरघरमा घुमघामसँग पूजा गरिन्छ ।
विभिन्न ग्रन्थहरुको अनुसार कुष्माण्डा देवीको कृपाले नै संसार उत्पन्न भएको हो । जीवित तथा निजिर्व वस्तुहरु उनको कृपाले गर्दा नै उत्पन्न भएको मान्यता रहेको छ । यी देवीको आठ वटा हात भएको हुनाले उलाई अष्ठभूजा पनि भन्ने गरिन्छ । देवीको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा रहेको हुन्छ । आठौं हातमा सबै सिद्धि तथा निधि प्रदान गर्ने सक्ने माला रहेको हुन्छ ।

देवीको दुई हातमा रक्तपूर्ण घडा रहेको छ । यी दुई घडा सृष्टिको आधारभूत वस्तु रहेको मान्यता छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । उनको पूजा आरधाना गर्दा बलि चढाउने पनि परम्परा पनि रहेको छ ।