सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण गरिदैं


नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क प्याड उपलब्ध गराउने भएको छ ।
सरकारको नीति तथा कार्यक्रमका अनुसार स्थानिय तहले हरेक सामुदायिक विद्यालयका छात्राहरुलाई प्याड वितरण गर्ने भएकाे हाे ।

प्याड वितरण, कार्तिकको १ गतेबाट विभिन्न कार्यक्रमको माध्यमबाट वितरण गरिने भएको छ । स्थानिय सरकारले आफ्नो क्षेत्रबाट आफैले प्याड वितरण कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने छ ।
त्यसैगरी प्याड आवश्यक पर्ने छात्राहरुको तथ्यांक राख्ने, वितरण गर्ने र प्रयोगमा आइसकेको प्याड उचित तरिकाले व्यवस्था गर्ने जिम्मा स्थानिय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई दिइएको छ । प्याड कतिको गुणस्तरिय छ भन्ने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिइएको छ भने त्यसको बजेटको व्यवस्थापन भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको रहेको छ ।