सौन्दर्य शिक्षा : आन्तनिर्भर बन्ने सजिलो माध्याम

काठमाडौं/२९ बैशाख-नेपाल सरकारले व्युटीपार्लर सम्बन्धी कोर्स निर्माण गरी पाठ्यक्रममा समावेश गरेर पठनपाठन गर्न थालेको छ । माध्यमिक तह कक्षा ९ -१० को ऐच्छिक दोस्रो समुहमा सौन्दर्य शास्त्र र कक्षा ११-१२ को ऐच्छिक चौथो पत्रमा सौन्दर्यकला र केशकला विषय समावेश गरिएको यो विषयमा महिला विद्यार्थीहरुका लागि निकै आकर्षषणको विषय बनेको विद्यालयहरुको भनाई छ । पाठ्क्रम विकास केन्द्रबाट निर्माण गरिएको पठनपाठन विद्यालय तहमा एकातिर छ भने, सिटइभिटीले निर्माण गरेको कोर्समा पनि यस सम्बन्धी तालिम र ज्ञान दुबै लिन सकिन्छ ।


यसको अर्थ सौन्दर्यको विश्व बजारमा जस्तै नेपाल पनि व्युटीपार्लर व्यवसाय तथा अध्ययन प्रतिष्ठत बन्दैगएको अनुमान गर्न सकिन्छ । व्युटीपार्लरले विशेष गरी महिला दिदीबहिनीहरुलाई आन्तनिर्भर बन्नका लागि सहयोगि भूमिका खेलेको छ । यो व्यवसाय हिजोआज नेपालमा एक सफल उद्योगको रुपमा विकास हुंदै गइरहेको छ ।


नेपालमा मात्रै होइन विदेश जाने महिलाहरुले समेत यसको ज्ञान लिएर जाने गरेका छन् । उनीहरुले विदेशमा समेत निक्कै ख्याति कमाइरहेको र आम्दानीको दरिलो माध्याम बनाएका छन् । यो सँगै व्युटीपार्लर वा सौन्दर्य सम्बन्धी सीप सिकाएर रोजगार बनाउने कार्य धेरैले गरेपनि काठमाडौंको पुरानो बानेश्वर स्थित श्रृंगार घरले धेरै महिलाहरुलाई आन्मनिर्भर बन्नका लागि सौन्दर्यकला सम्बन्धी ज्ञान र सिप सिकाउँदै आएको छ । साथै काठमाडौं महानगरपालिकासँगको सहयोगमा केही सामुदायिक विद्यालयमा व्युटीपार्लर सम्बन्धी कक्षा सञ्चालन गरिरहेको छ ।


श्रृंगार घरकी सञ्चालिका तथा नेपालमा ख्यातिप्राप्त मेकअप आर्टिष्ट एवम् सौन्दर्यविज्ञ सुषमा रावलको मेहनत र सहयोगले धेरै महिलाहरु आन्तमनिर्भर बन्न सफल भएका छन् । उनीहरुलाई व्युटीपार्लर सम्बन्धी सीप सिकाएर रोजगार बनाउने कार्यमा उनी लागिरहेकी छन् । श्रृंगार घरमा व्युटीपार्लरको डिप्लोमा कोर्स गरेर सीपवान बनेर स्वदेश तथा विदेशमा प्रतिष्ठाको रोजगारी गर्नेको संख्या अहिले धेरै छ ।


विगत दुई दशकदेखि व्युटीपार्लर व्यवसाय तथा शिक्षणमा निरन्तर लागिरहेकी सुषमा सीटीभीटीमा व्युटीपार्लर शिक्षाको करिकुलम अर्थात पाठ्यक्रम निर्माण देखि यसको उच्चतहको परीक्षा लिने कार्यमा पनि क्रियाशील छन् । सीटीभीटीको करिकुलम अनुसार व्युटीपार्लरको शिक्षा दिने कार्यमा अग्रता दिदैआएकी सुषमाको श्रृंगार घरमा व्युटीपार्लर सिक्ने विद्यार्थीहरुको विशेष आकर्षण र भीड रहेको छ । श्रृंगार घरमा व्युटीपार्लर सिक्ने विद्यार्थीहरुले सीटीभीटीको परीक्षामा बर्षेनी सर्वोत्कृष्ट नतिजा ल्याइरहेका छन् ।


प्रोफेसनल मेकअप आर्टमा डिप्लोमा कोर्श तथा नेल आर्ट टेक्निसियनमा ग्राजुयेट गरेकी रावलको व्युटीसियन स्कुलकसँगै आगामि दिनमा व्युटिसियनको महाविद्यालय बनाउने योजना रहेको बताउछिन् । नयाँ सोच र चाहना अनुरुप हेयर स्टाइलको डिजाइन तथा मेकअपको डिजाइन कोरेर हजारौं हजारलाई शिक्षित बनाएर रोजगारी दिने कार्य यस पेशावाट हुँदा आफूलाई अति भाग्यमानी मध्येको एक भएको महशुश गरेको उनको भनाई छ ।


व्युटीसियन पेशा सेवा तथा सुन्दरताको व्यवसाय मात्र नभइकन महिला दिदीबहिनीहरुको आधारभूत सौन्दर्य देखि सौन्दर्यको गहन स्वास्थ्य विज्ञान पनि भएको कारण यसलाई सामान्य रुपमा लिन नहुने उनले बताइन ।


एसईई पछि फुर्सदमा यो कोर्स गर्न सकिन्छ


एसईई परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थी भाई बहिनीहरुले यो फुर्सदको समयमा व्युटीसियन सम्बन्धी छोटा कोर्स गर्न सक्छन् । सामाजिक सञ्जालमा समय खेर फाल्नु भन्दा यस्ता खालका छोटा कोर्सहरु गर्न उपयुक्त हुन्छ । १ महिनेदेखि २ महिनसम्मका यस्ता खालका कोर्स गर्दा भविष्यमा आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग हुनुका साथै आफ्नो सौन्दर्यता र स्वस्थ्यको हेरचाहा गर्न सकिने सौन्दर्यविज्ञ सुषमा रावलको भनाई छ ।


यो फुर्सदको समयमा विद्यार्थी भाई बहिनीहरुले सहायक ब्युटिसियन तालिम लिन सक्छन् । यसमा लाग्ने शुल्क भनेको १२ देखि १४ हजारसम्म लाग्न सक्छ तर ट्रनिङ सेन्टर अनुसार थपघट पनि हुन सक्छ ।