काठमाण्डौं/१४ फागुन– भोली विहिबार अर्थात् फागुन १५ गते पाल्पाको रामपुर नगरपालिकाले ‘३८औं राष्ट्रिय मगर एकता दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
आईतबार बसेको नगर कार्यपालिकाको बैठकबमोजिम एक सूचना प्रकाशित गर्दै राष्ट्रिय मगर एकता दिवस मनाउन भोली स्थानीय बिदा दिने निर्णय गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिएका छन् ।