किताब पढ्ने मानिसहरु सफल हुने सम्भावना बढि


किताब भित्र धेरै ज्ञान लुकेको हुन्छ । सानै उमेर देखि हामीलाई सबैले किताब पढ भनेर सिकाउनु हुन्थ्यो । हामीलाई सबैले सकेसम्म पढ्नु र पढेपछि मात्र सफलता हासिल गर्न सकिन्छ भनेर सिकाइन्थ्यो । किताब पढेपछि व्यक्ति बुद्धिमानी र ज्ञानवान हुन्छ भन्ने हामी सबैलाई थाहा छ । किताब पढ्ने व्यक्तिमा त्यसतो के खुबी आँउछ, जसले गर्दा उ सफल व्यक्ति हुन्छ त ?

१) किताब पढ्ने बानीले, ध्यान बढाँउछ
मानिस सफल बन्नको लागि आफ्नो काममा केन्द्रित हुनुपर्छ । उनीहरु लामो समय सम्म कुनै पनि कार्यमा ध्यान केन्द्रित गर्न सक्षम हुन्छन् । किताब पढ्ने व्यक्तिले किताबमा भएको कुराहरुलाई ध्यानका साथ पढ्ने गर्छ, जसबाट पछि गएर हामीले काम ध्यान दिएर गर्ने बानी बस्छ । र सफल बन्ने एक सुत्र हो, आफ्नो काममा ध्यान दिने ।

२) उनीहरुले लक्ष्य निधारर्ण गर्छन्
कुनै पनि किताब पढ्दा पाठकले किताबको कति पाना पढ्ने, कति पढ्ने भनेर निधारर्ण गर्छ । र त्यहि अनुसारले किताब पढ्ने गर्छ । जीवनमा सफल हुन पनि यहि सुत्रको आवश्यकता पर्दछ । कुनै पनि काम गर्नु छ भने त्यस लक्ष्यलाई कसरी पुरा गर्न सकिन्छ भन्ने ध्यानमा राख्नुपर्दछ । लक्ष्य निधारर्ण गर्ने बानीले हामी पछि सफल बन्न मद्दत पुराउछ ।

३) आफ्नो समय सदुपयोग गर्छन
समय एकदमै महत्वपूर्ण हुन्छ । समयले कसैलाई कुर्दैन । किताब पढ्ने व्यक्ति कहिले पनि आफ्नो समय खेर फाल्दैन । उसले कुनै पनि काम नभएको बेलामा पनि किताबहरु पढि राख्छ । समय सदुपयोग गर्ने बानीले हामीलाई सफल बन्न मद्दत गर्छ ।

४) उनीहरुसँग आफ्नो दृष्टिकोण हुन्छ
हजारौं किताब हुन्छन् र ती किताबहरुमा हजार थरिका कुराहरु लेखिएको हुन्छ । हरेक पल्ट छुटाछुटै कुरा पढेपछि व्यक्तिको हरेक कुरा प्रति आफ्नो एक छुटै दृष्टिकोण बनाउन थाल्छ । र यो एक सफल व्यक्तिमा हुनु पर्ने एक गुण हो । एक सफल व्यक्तिले जहिले पनि आफ्नो र अरुको नजरियाबाट हेर्ने कोशिस गर्छ ।

५) लेख्ने र बोल्ने क्षमताको विकास हुन्छ
मानव इतिहास सबैभन्दा ठूलो वक्ताहरु सबै पढेर नै ठूलो मानिस भएका हुन् । किताबमा सफल व्यक्ति उनीहरुको प्रेरणादायी कुराहरु लेखिएको हुन्छ जसबाट हामीले धेरै कुराहरु सिक्न सक्छौ । त्यसले हाम्रो सहि बोल्ने र लेख्ने क्षमता विकास गर्छ ।

६) स्मरण शक्ति बढि हुन्छ
जति हामीले नयाँ नयाँ कुरा पढदै गयौं त्यति नै हाम्रो स्मण्रा शक्ति पनि बढ्छ । पाठकहरुले बझ्छन् मस्तिष्क वास्वमै कत्ति शक्तिशाली छ । जति पढयो र सिक्यो त्यति नै जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । नयाँ कुरा सिक्न धिक्क मान्दैनन जसले गर्दा किताब पढ्नेहरुको मेमोरि पावर बढाउछ ।