राष्ट्रिय स्पेस आर्ट प्रतियोगितामा लुम्बिनी वल्र्ड स्कुल प्रथम हुन सफल

रुपन्देही/२० चैत-रुपन्देहीको मधवलीयामा रहेको लुम्बिनी वल्र्ड स्कुल छैठौं राष्ट्रव्यपी स्पेस आर्ट प्रतियोगिता प्रथम स्थान हासिल गर्न सफल भएको छ । स्पेस र सस्टेनविलिटी थिम हुनेगरी नेपाल स्ट्रोनोमिकल सोसाईटीले आयोजना गरेको प्रतियोगितामा प्रथम हुन सफल भएको हो ।


कक्षा ६ देखी ८ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने उक्त प्रतियोगितामा कक्षा ६ मा अध्ययनरत छात्रा लिना गौतमले प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।


त्यसैगरी द्धितीय स्थानमा काठमाडौंको क्रियटिभ एकेडेमीकी छात्रा समृद्धी श्रेष्ठ र काठमाडौं कै नेक्सस इन्टरनेशनल एकेडेमीका छात्र सन्दिप जंगथापा र तनहुँमा रहेको सरस्वती मोडेल स्कुलकी लब्ली जैसवाल तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।


विजयी विद्यार्थीहरुलाई अगष्ट २५ मा विशेष कार्यक्रमको आयोजन गरी पुरस्किृत गरिने नेपाल स्ट्रोनोमिकल सोसाईटीले जनाएको छ ।

विजयी विद्यार्थीलाई धन्यवाद दिँदै लुम्बीनी वल्र्ड स्कुलका प्रिन्सिपल विष्णु ढकालले अन्तक्रिया तथा छलफलविधिबाट हुने सिकाईले गर्दा नै विद्यार्थी प्रथम हुन सकेको बताए । उनले कुनै पनि विषय वस्तुको सिकाई कक्षा कोठामा होस वा अन्य कुनै स्थानमा, यदि सिकाईका विभिन्न आयामहरु मध्ये छलफल विधि अपनाउँदा नानीबाबुहरु जागरुक रुपले सिकाईमा सरिक हुँदै र विषय वस्तुमा गहिरिएर धेरै कल्पनाशील हुँदैजाने बताए ।


साथै लुम्बिनी वल्र्ड स्कुलको एक वार्षको अनुभवले सिक्ने सिकाउने कुराले बालबालिकाहरुमा सकारात्मक सोँचको विकास हुनुका साथै विषय वस्तुप्रति गहिरिएर सिक्ने संस्कार बसेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *