विपन्न लक्षित छात्रवृत्तिको फारम भर्ने म्याद थप, सूचनासहित

काठमाडौं/८ फागुन–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तिय सहयोग कोष विकास समितिले विद्यार्थीहरुको आवश्यकता पहिचान गरी दिँदै आएको विपन्न लक्षित छात्रवृत्तिको फारम भर्ने म्याद थप गरिएको छ ।
विद्यार्थी वित्तिय सहयोग कोष विकास समितिले सूचना जारी गर्दै कतिपय विद्यालयहरुले फारम नभराइएको पाइएकाले चैत २० गते सम्म छात्रवृत्तिका लागि फारम भराउन विद्यालयहरुलाई आग्रह गरेको छ । यसअघि फारम भराउने सम्बन्धमा पुस १६ गते गोरखापत्रमा सूचना प्रकाशित गरिएको थियो ।