एसईईको परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस तालिका)

काठमाडौं/१४ माघ–राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ । २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (नियमित,ग्रेडवृद्धि)को समय तालिका सार्वजनिक गरेको हो ।


बोर्डको माघ ११ को निर्णय अनुसार २०७९ सालको माध्यामिक शिक्षा परीक्षा(एसईई) चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ ।