कालिका र कुँवरवर्तीलाई एथ्लेटिक्समा एक–एक स्वर्ण

रुपन्देही/३ पुस-दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताको खेलमा दुई स्वर्णको टुंगो लागेको छ । शनिबार भएको एथ्लेटिक्स अन्तर्गत लङजम्प खेलमा छात्रतर्फ कालिका मानवज्ञान माविका किर्तीमानी खेलाडी सलिम देवनले स्वर्ण हात पारे । यसैगरी छात्रातर्फ कुँवरवर्ती माविकी रजनी थारुले स्वर्ण हात पारे ।


कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तर्गत दोस्रो दिनको खेलमा लङजम्प खेलमा कालिकाका सलिम देवनले ६।५५ मिटर दुरी पार गर्दै स्वर्ण हात पारेका हुन् । न्यू होराईजनका बिजय यादवले ५।७० मिटर दूरी पार गर्दै दोस्रो र सेन्ट जोसेफका सुरज गौड ५।२२ मिटर दुरी पार गर्दै तेस्रो भए ।


कुँवरवर्ती माविकी रजनी थारुले ४।५० मिटर दुरी पार गर्दै स्वर्ण आफनो नाम लेखाउन सफल भएकी छिन् । यसैगरी एभरेष्टका सान्ता सुनारले ३।८७ मिटर तथा नबिन औद्योगिक कद्यर बहादुर माविकी लक्ष्मी बलामी ३।८२ मिटर दुरी पार गर्दै क्रमश दोस्रो तथा तेस्रो स्थान हासिल गरे ।


यसैगरी भलिबलतर्फ पहिलो र दोस्रो चरणका खेलहरु चलिरहेका छन् । पहिलो चरणमा छात्र तर्फको खेलमा सेन्ट जोसेफ, तिलोत्तमा, एभरेष्ट ईङलिस बोर्डिङ, उजिरसिह मावि, मणिमुकुन्द ईङलिस बोर्डिङ स्कुल, देवदह ईङलिस बोर्डिङ स्कुल, होराईजन जिबिएस, भैरहवा लिलाराम मावि, होराईजन ईङलिस बोर्डिङ स्कुल, कँुवरवर्ती इङलिस बोर्डिङ स्कुल, क्यानन ईङलिस बोर्डिङ स्कुल, जनज्योती मावि, सिद्धार्थ ईङलिस बोर्डिङ स्कुल, कान्ति मावि, सिता मावि, कोलिया मावि विजयी हँुदै दोस्रो चरणमा पुगेका छन् ।


यसैगरी छात्रातर्फ अन्तिम आठको टुंगो लागेको छ । अन्तिम चारका लागि होराईजन जिबिएस र नवज्योती ईङलिस बोर्डिङ स्कुल, त्रिुभवन एकेडमी र कालिका मानवज्ञान मावि, दिप बोर्डिङ स्कुल र सिद्धार्थ बोर्डिङ स्कुल तथा साई ग्लोबल र नविन माविको बीचमा खेलहरु हुने छन् ।