कोलावोरेटिभ लर्निङ्ग र क्लासरुम म्यानेजमेन्ट बारे प्राध्यापकलाई तालिम

काठमाडौं/१० मंसिर-पेशागत विकासका लागि प्राध्यापकहरूलाई एकदिने तालिम दिइएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र नेपाल इन्जिनियरिङ कलेज बीच भएको सम्झौता अनुसार कलेजका प्राध्यापकहरूलाई तालिम दिइएको हो ।


उक्त कार्यक्रम अनुसार अन्डर ग्रायजुयट र मास्टर्स तहमा पढाउने ५० जना भन्दा वढी प्राध्यापकहरूका लागि निरन्तर पेशागत विकास कार्यशाला गरिएको कलेजले जनाएको छ ।


कार्यक्रमको पहिलो चरणमा काठमाडौ युनिभर्सिटी स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल र आयोजक नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले कार्यक्रमको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रमको क्रममा ब्लुम्स् टेक्सोमोनी विषयमा प्रा.डा.बालचन्द्र लुइटेल र विनोदप्रसाद पन्तले संयुक्त रुपमा प्रस्तुति दिएका थिए ।


यस्तै स्टीम प्याडागोजी इन इन्जिनियरिङ विषयमा गंगा सुव्वा, कोलावोरेटिभ लर्निङ्ग र क्लासरुम म्यानेजमेन्ट विषयमा डा. बासुप्रसाद सुवेदीले प्रस्तुति दिएका थिए ।


शिक्षकहरूको क्षमता अभिवृद्धि र प्रभावकारी शिक्षणका लागि कार्यक्रम गरिएको नेकका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले जानकारी गराए । शिक्षकहरूको क्षमता विकासका लागि कलेजले प्रत्येक वर्ष निरन्तर यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिए ।


कार्यक्रम संयोजक बाबुराम भट्टराई, सहायक संयोजक एसोसिएट प्रोफेसर कृष्णविक्रम शाहलगायतले यस्ताखालका कार्यक्रमहरुले शिक्षण सिकाइमा प्रभावकारिता आउने विश्वास व्यक्त गरे ।


सहभागी एसोसिएट प्रोफेसर उमेश भट्टराईले तालिम आफूहरूको लागि उपयोगी भएको बताए । अर्का सहभागी असिस्टेन्ट प्रोफेसर पुजिता उपाध्यायले तालिमबाट आफूहरूको शिक्षण अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।


प्राध्यापकहरूको पेशागत क्षमताको विकास गरी विद्यार्थीको सिकाइलाई सवलीकरण गर्ने उद्देश्य कार्यक्रमको रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनकोकी सिपिइपी संयोजक डा. पार्वती ढुंगानाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *