काठमाडौं/९ मंसिर-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । भदौ ३० र ३१ गते सञ्चालन भएको कक्षा १२ को पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।
परीक्षामा एक लाख २६ हजार छ सय ५३ परीक्षार्थी सहभागी थिए भने ९२ हजार ४४ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । ३४ हजार ६ सय ९ जनाले ग्रेड प्राप्त गर्न सकेनन् भने ६ जनाको परीक्षा रद्द गरिएको छ ।
यहाँबाट नतिजा हेर्न सकिन्छ :