लायन्स क्लब अफ काठमाडौ लर्ड वुद्धद्धारा कपडा तथा विद्यालयलाई कम्युटर वितरण

चन्द्रकान्त खनाल
रुपन्देही/९ मंसिर-लायन्स क्लब अफ काठमाडौ लर्ड वुद्धले गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा नः१ हुगा स्थित पिपल पोखरा प्राथमिक विद्यालयमा अध्ययनरत ६० जना छात्र छात्राहरुलाई न्यानो कपडा तथा विद्यालयलाई एकथान कम्युटर वितरण गरेको छ ।


लायन्स क्लव अफ काठमाडौ लर्ड वुद्धका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ आई नेपालका एनएलएफ चिफ बिष्णुप्रसाद भण्डारीका स्वर्गीय बुबा देवनारायण भण्डारी तथा आमा लक्ष्मी भण्डारीको सम्झनामा छात्राहरुलाई न्यानो कपडा तथा विद्यालयलाई एकथान कम्युटर वितरण गरिएको भण्डारीले जानकारी दिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा भण्डारीले आफु जन्मे हुर्कोको ठाउँमा आमा बुबाको स्मृतिमा यो कार्य गर्न पाउँदा खुशी लागेको बताए । विद्यालयका प्रधानाध्यापक थानेश्वर भण्डारीले यसरी गरिएको सहयोगले विद्यार्थी तथा विद्यालय समेत लाभान्वित भएको बताए ।


कार्यक्रममा छत्रकोट गाउपालीका वडा नः १ का वडा अध्यक्ष घनश्याम न्यौपाने तथा सोही वडाका पुर्व अध्यक्ष धातानन्द भण्डारी ,गुल्मी जिल्ला समन्वय समितीका सदस्य महेश्वर भण्डारी ,पैचो तथा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारी, विद्यालयका शिक्षक विक्रम पोखरेले लगायतको सहभागिता रहको कार्यक्रम संयोजक लायन्स क्लव अफ काठमाडौ लर्ड वुद्धका डाइरेक्टर तथा समाजसेवी ओमढेगा मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *