नेक्सस संकटा कप अन्तरविद्यालय फुटबल आइतबारदेखि

काठमाडौं/८ मंसिर-नेक्सस इन्टरनेशनल स्कुल र संकटा क्लबको आयोजनामा ५औं नेक्सस संकटा कप अन्तरविद्यालय फुटबल टुर्नामेन्ट प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।


प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहने नेक्ससका फाउण्डर प्रिन्सिपल आरबी कट्वालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अन्तरविद्यालय फुटबल प्रतियोगितामा कक्षा ९ सम्म पढ्ने विद्यार्थीहरु सहभागि हुन पाउनेछन् । विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्ने तथा विद्यार्थीको क्षमतालाई प्रष्फुटन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको कट्वालले बताए ।


प्रतियोगितामा प्रथम हुने टिमले रु ५० हजार, दोस्रो हुनेले रु २५ हजार रकम सहित टर्फि, सर्टिफिकेट पुरस्कार पाउने छन् । त्यसैगरी उत्कृष्ट विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरीने प्रिन्सिपल कट्वालले बताए । पस्कार रासिलाई अर्को वर्षदेखि रु एक लाख पु¥याइने र यसलाई क्रमशः बढाएर पाँच लाखसम्म पु¥याउने उदेश्य रहेको उनले जानकारी दिए ।


एन्फाले निर्धारण गरेको मापदण्ड अनुसार मध्यपुर युथ एशोसिएसनको फुटबल मैदानमा प्रतियोगिता हुने छ । नेपालमै पहिलो पटक एन्फाले निजी विद्यालयलाई फुटवल एकेडेमीका लागि अनुमती दिएको नेक्सस संकटा युथ फुटबल एशोसिएसन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *