पाँच विद्यार्थी संगठनले निर्वाचनका प्रत्येक बुथमा २ सय विद्यार्थी परिचालन गर्ने

काठमाडौं/२९ असोज-पाँच विद्यार्थी संगठनहरुले निर्वाचनमा सबै बुथमा २ सय युवा विद्यार्थी परिचालन गर्ने भएको छ । पाँच विद्यार्थी संगठनको बैठकले सबै निर्वाचन क्षेत्रको प्रत्येक बुथमा २ सय युवा विद्यार्थी परिचालन गर्ने निर्णय गरेको हो ।


नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल छैठौं र समाजवादी विद्यार्थी यूनियन गरी सत्ता गठबन्धनमा आवद्ध पाँचवटा संगठनका अध्यक्ष सलग्न केन्द्रीय परिचालन समिति बनाउने निर्णयसमेत गरेको छ ।


गठबन्धन आवद्ध विद्यार्थी संगठनका अध्यक्षहरुले अडियो, भिडियोमार्फत गठबन्धनका उम्मेदवारहरु विजय गराउन सार्वजनिक अपिल गर्ने’, विज्ञप्तिमा उल्लेख छ, ‘चुनावी प्रतिस्पर्धामा रहेका दलको शीर्ष नेतृत्व तथा संयुक्त विद्यार्थी संगठनका पूर्वविद्यार्थी अध्यक्षका चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरु उपस्थिति भएर निर्वाचन विशेष कार्यक्रम र संयुक्त संबोधन अपिल गर्ने निर्णय गरेको हो ।