अफलाइनबाटै ओटीसको शिक्षक सेवा आयोगको तयारी कक्षा

काठमाडौं/३० असोज-अब शिक्षक सेवा आयोगको तयारी घरमै बसेर अफलाइनबाटै गर्न सकिने भएको छ । बिगत तीन वर्षदेखि सञ्चालनमा आएको नेपालकै पहिलो इ–लर्निङ प्ल्याटफर्म ओटीस मार्फत यस्तो सुविधा उपलब्ध गराइएको हो ।


२०७८ सालको शिक्षक सेवा आयोगको प्रथम तथा द्वितीय पत्रमा नेपालकै उत्कृष्ठ नतिजा निकाल्न सफल यस संस्थामा अनलाइन तथा अफलाइनबाट अध्ययन गर्ने विद्यार्थीको संख्या करिब दश हजार बढी रहेको छ । विशेषतः भौगोलिक विषमताका कारण सेवाबाट वञ्चित रहेका लाखौँ विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै यस्तो सुविधा सञ्चालनमा ल्याइएको प्ल्याटफर्म ओटीसले जानकारी दिएको छ ।


अब विद्यार्थीहरुले आफ्नो मोबाइलमा ओटीस एप डाउनलोड गरी बिना इन्टरनेट पनि कक्षाहरु लिन र अध्ययन गर्न सक्ने भएका हुन । वर्तमान परिस्थिति र परिवेश सँगै इन्टरनेटको पहूँचमा नपुगेका लाखौँ विद्यार्थीको मागलाई सम्बोधन गर्दै ओटीसले नयाँ इतिहास रचेको छ ।


वरिष्ठ चार्टर्ड एकाउन्टेन्टको समूहले व्यवस्थापन गरेको ओटीस मार्फत नेपालको उत्कृष्ट प्रशिक्षकद्वारा शिक्षक सेवा आयोगको प्रथम तथा द्वितीय पत्रको तयारी कक्षाहरु सञ्चालन भइरहेका छन् ।