हब इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको शाखा वुटवलमा

काठमाडौं/२८ असोज-हब इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीले आफ्नो शाखा वुटवलमा विस्तार गरेको छ । नेपाल लगायत विदेशका विभिन्न देशमा आफ्नो शाखा रहेको हब इन्टरनेशनलले नेपालको पाँचौं शाखा वुटवलमा विस्तार गरेको हो ।


पश्चिम नेपालको ठुलो शहर तथा काठमाडौं पछि ठुलो शैक्षिक हबका रुपमा रहेको वुटवलबाट विद्यार्थीलाई शैक्षिक परामर्श दिने उदेश्यले शाखा विस्तार गरिएको हबको भनाई छ । विद्यार्थीहरुले धरै भन्दा धेरै विश्वविद्यालय, कलेज र शैक्षिक संस्थाहरुको बारेमा जानकारी प्राप्त गर्ने छन् ।


तीन दिनको कार्यक्रम आयोजना गर्दै विद्यार्थी, अभिभावक, शैक्षिक क्षेत्रका विभिन्न व्यक्तिहरु लगायतको उपस्थितिमा शाखाको उद्घाटन गर्दै आजदेखि सञ्चालनमा आउने छ । २९ गते सामिक कार्य अनतर्गत रक्तदान र वुटवलमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग प्रदान गर्ने र असोज ३० गते एजुकेशन फेयर र अन्तमा संगितिक प्रस्तुति हुने हबले जनाएको छ । एजुकेशन फेयरमा २० भन्दा बढी विभिन्न देशका कलेज तथा विश्वविद्यालयको सहभागिता रहनेछ ।


हबले विगत लामो समयदेखि अब्रोड स्टडी सम्बन्धी काम गर्दै आएको संस्था हो । २००६ मा स्थापना भएको यो संस्थाले हजारौं विद्यार्थीहरुलाई परामर्श दिइसकेको छ भने दुई सय भन्दा बढी विश्वविद्यालयसँग प्रत्यक्ष रुपमा काम गर्न सफल भएको छ । समाजमा प्रतिष्ठित र प्रयावाचिको रुपमा हबले आफुलाई राख्न सफल भएको छ ।