निर्वाचनमा शिक्षक खटाउँदा तह र मर्यादालई ख्याल राखि जिम्मेवारी दिनुपर्ने

काठमाडौं/३ भदौं-नेपाल शिक्षक महासङ्घले निर्वाचनमा शिक्षक खटाउँदा तह र मर्यादालई ख्याल राखि सोही अनुसारको निर्वाचन टोलिमा जिम्मेवारी दिनुपर्ने माग राखेको छ ।


विगतका निर्वाचनमा शिक्षकलाई निर्वाचन सम्बन्धी जिम्मेवारी दिदाँ निजामती सेवाको समान तथा तल्लोतहको पदभन्दा तल राखी जिम्मेवारी दिइएकाले तह र मर्यादालई ख्याल राखि जिम्मेवारी दिनुपर्ने माग राखेको हो ।


महासङ्घले निर्वाचन आयोगलाई पत्र लेख्दै शिक्षकको तह श्रेणी र निजामती सेवाको समान तहको पद अनुसार प्रावि तृतीय श्रेणीलाई खरिदार सरह, प्राविद्वितीय र निमा तृतीयलाई नासु सरह, निमा द्वितीय र मावि तृतीया श्रेणीलाई शाखा अधिकृत सरह, निमा प्रथम र मावि द्वितीयलाई उपसचिव सरह र मावि प्रथम शिक्षकलाई सहसचिव सरह जिम्मेबारी दिन माग राखेको छ ।