काठमाडौं/२ भदौं-जेभियर एकेडेमीले विभिन्न कार्यक्रम आयोजना गर्दे रजत जयन्ती मनाएको छ । ई सं १९९७ मा लाजिम्पाट स्थापित जेभियर एकेडेमी विज्ञान र व्यावस्थापन संकायका लागि उत्कृष्ट कलेज मानिन्छ ।
सञ्चालनको सुरुवातदेखि नै पाठ्यक्रमसँग सम्बन्धित तथा अन्य अतिरिक्त कार्यक्रममा जोड दिदैँ आएको जेभियरबाट २५ वर्षको अवधिमा करीब ५५०० विद्यार्थीहरु आफ्नो पढाई पुरा गरीसकेका छन् । जसले गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा चिनाउन सफल भएको छ ।
रजत जयन्तीको अवसरमा संस्थाले नेपालका तीन सामाजिक परिवर्तनकर्तालाई सम्मान गर्ने निर्णय गरेसँगैै कर्ण पोजेटिभ ट्रस्टका संस्थापक कर्ण शाक्यलाई नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा एक कार्यक्रमका विच सम्मान गरेको छ । अन्य दुई सामाजिक परिवर्तनकर्ता माइती नेपालकी संस्थापक अनुराधा कोइराला र राष्ट्रिय आविष्कार केन्द्रका, संस्थापक डा. महावीर पुनको रजत जयन्ती समारोहमा उपस्थिति हुन नसकेपछि कलेजको अन्य विशेष काय्रक्रमका विच सम्मान गरीने कलेजले जनाएको छ ।
जेभियर एकेडेमीका अध्यक्ष प्रा.डा श्रीराम भगत माथेले अनुराधा कोइराला र डा. महावीर पुनलाई दुई दुई लाख पचास हजारको चेक हस्तान्तरण गर्ने भएका हुन । चेकको रकमले पच्चिस वर्षको सफल सञ्चालको महत्व र उपलब्धिलाई प्रतिविम्बित कलेजले जनाएको छ ।



