काठमाडौं/२५ साउन-क्याम्पस प्रशासनले विद्यार्थीका माग नसुनेपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले कर्मचारीहरुको कान सफा गर्न विरोध स्वरुप ईयर बड वितरण गरेका छन् ।
विद्यार्थीहरुले उठाउदै आएका मागहरु प्रशासनले नसुनेको भन्दै अखिल (क्रान्तिकारी) पुर्वाञ्चल क्यामपस इकाई कमिटीका विद्यार्थीहरुले कर्मचारीहरुको कान सफा गर्न एयर बर्ड वितरण गरेको हुन ।

विद्यार्थीहरुका माग सुनेर पनि नसुनेको जस्तो गरेको र मागहरुको सम्बोधन नगरिएका कारण कानमा फोहर जम्मा भएको हो कि भन्दै ईयर बड वितरण गरीएको जनाएको छ । उनिहरुले कर्मचारीले आफुले आफैमा केही कमजोरी छ भन्ने महसुस गरी सुधार्नका लागि वितरण गरएिको बताए ।
धरान स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको भवनको छतबाट पानी चुहिने गरेको बारे क्याम्पस प्रशासनलाई पटकपटक जानकारी दिइएको भएपनि प्रशासनले वास्ता नगरेको, होस्टलमा ‘फस्टऐड बक्स’ उपलब्ध गराइदिन धेरै अगाडि भनेको तर, अझै पनि उपलब्ध नभएको र एकजनालाई सोही बारे तालिम दिन भनेको कुरा पनि पूरा नभएको विद्यार्थीहरुको गुनासो छ । यस्तै, खाजा खाने समय २ देखि ३ बजे सम्म भएपनी प्रशासन साढे ३ बजे सम्म बन्द रहने गरेको विद्यार्थीहरुको गुनासो छ ।



