एमफिलका विभिन्न विषयमा भर्ना खुल्यो

काठमाडौं/२५ साउन त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले दर्शनाचार्य विद्यावारिधि(एमफिल) कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक वर्ष २०७९ का लागि एमफिलका विभिन्न विषयहरुमा भर्ना भई अध्ययन गर्न चाहानेहरुका लागि आवेदन माग गरेको हो ।


एमफिलका विभिन्न विषयहरुमा भर्ना भई अध्ययन गर्न चाहाने विद्यार्थीहरुले साउन २६ गतेदेखि भदौ २४ गतेसम्म नियमित शुल्कमा र असोज २ गतेसम्म देब्बर शुल्कमा आवेदन दिन सक्ने छन् ।