विदेश जाने विद्यार्थीको संख्या बढ्दो, कुन कुन देशमा कति गए विद्यार्थी ?

काठमाडौं/१४ माघ–उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने विद्यार्थीको संख्या बढ्दै गईरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढेको छ । आर्थिक वर्ष ०७४/०७५ मा ५८ हजार ७ सय ५८ विद्यार्थीहरुले विभिन्न देशमा जानका लागि नो अब्जेक्सन लेटर लिएका थिए भने आर्थिक वर्ष ०७५/०७६ मा नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या बढेको छ । ८९ हजार ८ सय २० जना विद्यार्थीले ७५ वटा देशमा जानका लागि अनुमति पत्र लिएका छन् ।
शाखाका अनुसार अष्ट्रलिया विद्यार्थीहरुको पहिलो रोजाईमा परेको छ । ४४ हजार ६ सय ३६ जना विद्यार्थीहरुले अष्ट्रलिया जानका लागि अनुमति पत्र लिएका छन् । अष्ट्रलिया पछि जापान, साइप्रस, भारत, चीन, क्यानडा, साउथ कोरिया, यूएसए, यूके, न्यूजिल्याण्ड, फ्रान्सलगायतका देशहरु विद्यार्थीको रोजाईमा पर्ने गरेको छ ।
कुन देशमा कति विद्यार्थी ?

अष्ट्रलिया ४४६३६
जापान १२४६८
साएप्रस ४५७८

भारत ३७३५
चीन ३१८३
क्यानडा २६१५
साउथ कोरिया २३१७
यूएसए २२१८
यूके १८११
न्युजिल्याण्ड १५३८
फ्रान्स १४३९
यूएई १४७८
बंगलादेश १०९४
जर्मनी ८३१
थाइल्याण्ड ७८५
माल्टा ४८८
पोल्याण्ड ४६०
डेनमार्क ३५२
रसिया २५२
बहराइन २३८
मलेसिया २१६
फिलिपिन्स १८५
आयरल्याण्ड १५४
नर्वे १५३
स्पेन १५०
हंगेरी १०७
नेदरल्याण्ड १०४
लाटभिया ९७
लक्जेम्बर्ग ९१
कतार ८०
टर्की ७९
लिथुवानीया ४९
साउथ अफ्रिका ४६
इटाली ४३
चेक रिपब्लिक ३९
स्टोनिया ३५
साउदी अरब ३०
पाकिस्तान २७
स्वीजरल्याण्ड २४
माल्दिभ्स २३
ग्रीक २०
इंग्ल्याण्ड २०
बेल्जियम १९
ओमन १९
पोर्चुगल १८
सिंगापुर १७
युक्रेन १७
अष्ट्रिया १३
बेलारुस ११
इजिप्ट ११
अजरबैजान ९
इन्डोसिया ९
इजरायल ८
सेन्ट भिन्सेन्ट ६
क्रिगिस्तान ५
स्लोभेनिया ५
श्रीलंका ४
स्वाजिल्याण्ड ४
एन्टिगुवा एण्ड बर्बुडा ३
रोमानिया ३
कोष्टारीका ३
बोस्निया एण्ड हर्जगोभिना ३
भियतनाम ३
बुलगेरिया २
अर्मेनिया २
मौरिटियस २
केन्या १
तान्जानिया १
क्रोएशिया १
कुवेत १
हङकङ १
बु्रनाई १