५ लाख विद्यार्थीले एसईई परीक्षा दिँदै, अर्को हप्ताबाट प्रश्नपत्र छप्ने

काठमाडौं/१३ माघ–यसवर्षको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थीहरुले सहभागीता जनाउने भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक राम राजा खकुरेलले भने, “यसवर्षको माध्यमिक तह (कक्षा १०) को एसईई परीक्षामा नियमतितर्फ करिब ५ लाख विद्यार्थीले आवेदन फारम भरेका छन् ।”
यसवर्ष गे्रडवृद्धितर्फ भने करिब २० हजार विद्यार्थीहरुले परीक्षा दिँदैछन् । प्राविधि धारतर्फ कति विद्यार्थीले परीक्षा दिँदैछन् भन्ने तथ्यांक भने निकाल्न बाँकी रहेको उनले बताए । उनले दिएको जानकारी अनुसार आगामी हप्ताबाट एसईईको प्रश्नपत्र छपाईको काम सुरु गर्ने तयारी गरिएको छ । सबै विषयको प्रश्नपत्रको छपाईको काम संघले गर्ने बताउँदै उनले भने,“उत्तरपुस्तिका छपाईको काम भने प्रदेश सरकारले गर्छ ।” पनिकाका अनुसार परीक्षाकेन्द्र निर्धारणको पनि काम भईरहेको छ ।
यसवर्षको एसईई परीक्षा चैत ६ गतेदेखि सुरु हुँदैछ ।