‘प्याब्सक फुटसल कप २०२०’ हुंदै

लुम्बिनी एकेडेमीद्वारा यहि माघ २२, २३ र २४ गते काठमाण्डौमा ‘प्याब्सक फुटसल कप २०२०’ प्रतियोगिता कार्यक्रम गरिने भएको छ ।
हरेक वर्ष प्याब्सकले फुटसल कप प्रतियोगिता गर्दै आईरहेकोमा यो वर्ष पनि ‘प्याब्सक फुटसल कप २०२०’ आयोजना गर्ने भएको छ । विद्यालयहरूबीच सु–सम्बन्ध विस्तार र त्यसलाई कायम राख्न, राम्रा खेलाडी उत्पादन गर्न र विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले तीन दिने अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिता सञ्चालन गर्न लागिरहेको प्याब्सकका महा–सचिव राजन श्रेष्ठले जानकारी गराए ।
माघ २२ गते बुधबारदेखि चावहिलको चुच्चेपाटीमा हुन गईरहेको उक्त प्रतियोगितामा सहभागीता जनाउन कार्यक्रमको नियमानुसार प्रत्येक स्कूलका प्रतियोगी टिमले रू. तीन हजार शुल्क सहित माघ २० गतेसम्म फाराम भरी बुझाईसक्नुपर्ने श्रेष्ठले खबर एजुकेशनलाई बताएका छन् ।
सो प्रतियोगितामा पहिलो पुरस्कार राशीका लागि दश हजार रकमसहित ट्रफी, स्वर्णपदक र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने दोस्रो पुरस्कार राशीका लागि आठ हजार रकमसहित ट्रफी, रजतपदक र प्रमाणपत्रको व्यवस्था गरिएको छ । त्यस्तै, तेस्रो पुरस्कार राशीका लागि सात हजार रकमसहित ट्रफी, काश्य पदकका साथै प्रमाणपत्र र चौथो पुरस्कार राशीका लागि पाँच हजार रकमसहित ट्रफी, सान्त्वना पुरस्कार र प्रमाणपत्र दिने व्यवस्था गरेको छ ।
यसैगरी प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट गोल किपर, फेयर प्ले, हायर स्कोरर र म्यान अफ दि म्याचको अवार्ड पनि वितरण गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *