काठमाडौं/१० माघ– अख्तियार दुरुपयोग अनुशान्धान आयोगले शिक्षक छनोट परीक्षा हुनु अगाबै परीक्षार्थीहरुलाई म्यासेन्जरमाफर्त प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित तीन जना पक्राउ गरेको छ ।
श्री पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक छनोट समितिका संयोजक भक्त बहादुर शाही, उक्त परीक्षामा सहभागी भई छनोट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दल बहादुर वि.क.लाई आयोगले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
राहत दरबन्दी निमावि तह सामाजिक विषय शिक्षकको गाउँपालिकाबाट सञ्चालन गरिएको शिक्षक छनोट परीक्षामा अनियमितता गरी अख्तियार दुरुपयोग गरेकाले उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको आयोगको भनाई छ ।