आजदेखि तीन दिन सार्वजनिक विदा

काठमाण्डौं/१० माघ– सोनाम ल्होछारका अवसरमा काभ्रेको रोशी गाउँपालिकाले माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
चाडपर्व र संस्कृतिको जगेर्ना गर्ने जनाउँदै गाउँपालिकाले सार्वजनिक सूचना मार्फत् विदा दिएको हो । सबै धर्म समुदायको समान अधिकार अनुरुप यस नगरपालिकाले सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले मनाउन गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको उनले जानकारी दिए ।
ल्होछारका अवसर पारेर उक्त गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना हुने भएको छ ।