काठमाडौं/१ माघ–राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी विरुद्ध अख्तियार दुुरुपोग अनुुसन्धान आयोग र सम्पत्ति शुुद्धीकरण अनुुसन्धान विभागमा उजुुरी परेको छ ।
उनी विरुद्ध बी एण्ड सी अस्पताल सञ्चालन गर्दै आएका झापाका दुुर्गा प्रसाईले उजुुरी दिएका हुन् । डा.गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुुस लिई गैरकानुनी सम्पत्ति आर्जन गरेकाले निजको गैरकानुुनी चल अचल सम्पत्ति जफत गरी पाउँ भनि उजुुरी दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी प्रसाईले गिरी विरुद्ध उजुुरी दिएका हुन् ।
प्रसाईले गिरीमाथि पुुष २३ गते बुुधबार २० करोड घुुस मागेको आरोप लगाएका थिए । आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले घुुस मागेको उनको आरोप थियो । लगत्तै डा. गिरीले पत्रकार सम्मेलन गरी त्यसको खण्डन गरेका थिए । उनले यसमा कुनै सत्यता नभएको र कानूनी उपचार खोज्ने चेतावनी समेत दिएका थिए ।