फेदीखोला गाउँपालिकामा एक शिक्षक एक ल्यापटप

काठमाडौं/२९ पुुष– स्याङ्जाको फेदीखोला गाउँपालिकाले ‘एक शिक्षक एक ल्यापटप’ अभियान अन्तर्गत गाउँपालिकाभित्र रहेका २४ वटा सामुुदायिक विद्यालयका एक सय १५ शिक्षकलाई ल्यापटप वितरण गरेको छ ।
गाउँपालिकाले ‘हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण’ भन्ने नाराका साथ शैक्षिक क्षेत्रलाई प्रविधिसँग जोड्न शिक्षकहरुलाई ल्यापटप उपलब्ध गराइएको हो । गाउँपालिका, विद्यालय र शिक्षकको साझेदारीमा ल्यापटप खरिद गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ल्यापटप खरिदका लागि १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
गाउँपालिकाका अध्यक्ष घनश्याम सुुवेदीले भने,“सामुुदायिक विद्यालयको शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यले एक शिक्षक एक ल्यापटप वितरण गरिएको हो ।”
गाउँपालिकाले शिक्षकको क्षमता विकास गर्दै आधुुनिक शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै गुणस्तरीय शिक्षण क्रियाकलाप गराउने उद्देश्यका साथ ल्यापटप वितरण गरेको हो ।