नर्सिङ लाइसेन्स परीक्षा फागुुन २४ मा हुने

काठमाडौं/२९ पुुष– नेपाल नर्सिङ परिषद्वारा लिइने नाम दर्ता प्रमाण पत्र परीक्षा आगामी फागुन २४ गते हुने भएको छ ।
नाम दर्ता प्रमाण पत्र परीक्षामा सहभागी हुन चाहाने विद्यार्थीहरुले प्रविणता प्रमाण पत्र तह नर्सिङ (पिएलसी नर्सिङ) वा बि.एस्सी. नर्सिङ उत्तीर्ण गरेको हुनुुपर्ने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसवर्ष द्यबअजभयिच ष्ल ःष्मधषभचथ क्अष्भलअभ (बीएमसी) पास गरेका विद्यार्थी पनि नाम दर्ता परीक्षामा सामेल हुन पाउने भएका छन् ।
परीक्षार्थीहरुले माघ १ गतेदेखि फागुन १ गतेसम्म नियमित शुुल्कमा अनलाइन फारम भर्न सक्नेछन् भने दोब्बर दस्तुुरमा फागुुन २ गतेदेखि ८ गतेसम्म फारम भर्न पाउनेछन् ।