घट्यो शिक्षा क्षेत्रको उजुुरी, १६ दशमलब ९५ प्रतिशत मात्र

काठमाडौं/२९ पुुष– यसवर्ष शिक्षा क्षेत्रको भ्रष्टाचार उजुुरी संख्या घटेको छ ।
अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुुझाएको २९ औं वार्षिक प्रतिवेदनमा विगतका वर्षहरुको तुुलनामा यस वर्ष शिक्षा क्षेत्रको भ्रष्टाचार उजुुरी संख्या घटेको देखिएको छ । यसवर्ष शिक्षा क्षेत्रसँग सम्बन्धित १६ दशमलब ९५ प्रतिशत मात्रै उजुुरी परेको छ । अघिल्लो वर्षको तुुलनामा यसवर्ष १ दशमलब ३७ प्रतिशत उजुुरी घटेको छ । आर्थिक वर्ष २०७४/७५ मा १८ दशमलब ३२ प्रतिशत उजुुरी परेको थियो ।
यसैगरी, आर्थिक वर्ष ०७३/७४ र ०७४/०७५ मा अख्तियारमा परेका उजुुरी मध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी हुुन्थियो । तर, यसवर्ष सबैभन्दा धेरै उजुरी संघीय मामिलासँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसवर्ष शैक्ष्कि प्रमाणपत्र छानविनको उजुुरी संख्या पनि घटेको छ । गत वर्ष शैक्षिक प्रमाणपत्र छानविनमा २ हजार ७७ अर्थात् १० दशमलब ६५ प्रतिशत उजुुरी परेकोमा यसवर्ष ८ दशमलब ५३ प्रतिशत मात्रै उजुरी परेको छ ।
आयोगको प्रतिवेदन अनुसार संघीय मामिला र शिक्षा पछि भूमिसँग सम्बन्धित ८ दशमलब ३४ प्रतिशत, वन तथा वातावरणको ४ दशमबल ६० प्रतिशत, स्वास्थ्य तथा जनसंख्याको ३ दशमलब ९८ उजुुरी परेको छ । यसैगरी, गृह प्रशासनको ३ दशमलब ५४, भौतिक पूर्वाधार तथा यातायातको ३ दशमलब ४२, ऊर्जा, जलस्रोत तथा सिंचाइको २ दशमलब ६२, अर्थको २ दशमलब ३३, गैरकानूनी सम्पत्ति आर्जनको ७ दशमलब ६१ र अन्य निकाय तथा क्षेत्रसँग सम्बन्धित उजुरीहरुको संख्या ११ दशमबल ५२ प्रतिशत रहेको आयोगले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।