अदालतमा विचारधिन रहेको मुद्दाको अवधिमा शिक्षक विद्यालयमा नियमित हुनुपर्ने

काठमाडौं/१७ असोज-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अदालतमा विचारधिन रहेको मुद्दाको अवधिमा विद्यालयमा शिक्षक नियमित हुनु पर्ने भन्दै सम्पूर्ण स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइको नाममा परिपत्र जारी गरेको छ ।

सामुदयिक विद्यलायमा कार्यरत शिक्षकहरुको अदालतमा मुद्दा विचारधीन रहेको अवस्थामा अदालतबाट कसुर ठहरिएको बखत अधिकार प्राप्त अधिकारले विभागीय कारवाही वा सजाय गर्न सक्ने नै हुँदा आदेश वा फैसला नभए सम्म विद्यालयमा नियमानुसार कामकाज गर्न लगाउन सबै निर्देशन दिएको हो ।


साथै निलम्बन गरेको वा कानुन अनुसार स्वत:निलम्बन भएको अवधिमा वा थुनामा रहेको भए सो अवधिमा वहेक अन्य अवस्थामा विद्यालयमा नियमानुसार कामकाज गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णय भएको जनाएको छ ।


केन्द्रले उक्त अवधिमा बाहेक अन्य अवस्थामा विद्यालयमा हाजिर नभएको पाइएमा शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९(संशोधन सहित) अनुसार कारवाही हुने चेतावनी दिएको छ ।