काठमाडौं /१५ असोज-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिष्ट्रेसन र आवेदन फाराम खुला गरेको छ । २०७९ सालको एसईईमा सहभागि हने विद्यार्थीका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला गरेको हो ।
२०७८ सालको शैक्षिक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीले २०७९ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि र खुला तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीले २०७८ सालको नियमित एसईईमा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम भर्नुपर्ने जनएको छ ।
साथै रजिष्ट्रेसन र आवेदन फाराम असोज १५ देखि कात्तिक मसान्तभित्र भरी सक्नु पर्ने छ ।





