त्रिवि द्धारा स्नातक तह तेस्रो वर्षको परीक्षाको आवेदन फारम खुल्ला

काठमाडौँ /१५ असोज–त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षाको परिक्षा आवेदन फारम भर्न आव्हान गरेको छ । बार्षिक परीक्षा प्रणाली अनुसार २०७८ मा सञ्चालन हुने ३ बर्षे स्नातक तहको परिक्षा आवेदन फारम भर्न आव्हान गरेको हो ।


मानविकी संकायका नियमित, आंशिक तथा प्राईभेट र शिक्षाशास्त्र संकायको आंशिक परीक्षार्थीलाई परीक्षा आवेदन फारम भर्नका लागि सूचित गरीको जनाएको छ । साथै असोज १२ गते देखि कार्तिक १७ गतेसम्म नियमित दस्तुर र म्याद सकिएको एक हप्ता सम्म दोब्बर दस्तुरमा परीक्षा फारम भर्न सकिने जनाएको छ ।