पोखरा विश्वविद्यालयलका सबै शुल्क अब अनलाइन मार्फत भुक्तानी गर्न सकिने

कास्की/११ असोज-पोखरा विश्वविद्यालयले अनलाईन मार्फत शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । विश्वविद्यालयलाई बुझाउनुपर्ने अथवा तिर्नुपर्ने सबै प्रकारका शुल्कहरू अनलाईन मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।


विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय तथा विश्वविद्यालयका चार वटै स्कूलहरू स्कूल अफ बिजनेश, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, स्कूल अफ ईञ्जिनियरिङ्ग, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गमा तिर्नुपर्ने सबै प्रकारका शुल्कहरू अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

त्यसैगरी आवेदन दर्ता शुल्क, भर्ना शुल्क, सम्बन्धन शुल्क, धरौटी शुल्क, विद्यार्थी रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क, सम्भाव्यता अध्ययन शुल्क, प्राविधिक मूल्याङ्न शुल्क, प्रमाणपत्र शुल्क, पुस्तकालयसम्बन्धी शुल्क लगायतका शुल्कहरु भुक्तानी गर्न सकिने सूचना अधिकृत लोकप्रसाद ढकालले बताए । नेपालका जुनसुकै बैंकबाट भुक्तानी गर्न सकिने छ ।


अनलाईन भुक्तानीका लागि विश्वविद्यलायले फोनपेसँग सहकार्य गरेको छ । भुक्तानी गर्दा फोनपेमा स्कुल वा विश्विद्यलाय भित्र रहेको पोखरा विश्वविद्यलायमा गएर जुन निकायमा तिर्नुपर्र्नेे रकम हो, सो निकाय छनौट गरी रकम भुक्तानी गर्न सकिनेछ ।