नगरपालिकामा तालाबन्दी गर्ने इसिडी शिक्षक र विद्यालय कर्मचारीको घोषणा


सुनसरी/१२ असोज-प्रारम्भिक बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरका छन् । इनरुवा नगरपालिका सुनसरीका प्रारम्भिक बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिकको माग गर्दे दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरका हुन ।


नगरपालिकाबाट कुनै पनि मागको सम्बोधन नभएपछि दास्रो चरणको आन्दोलन अन्र्तगत नगरपालिकाको मुल ढोकामा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेको नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिले जानकारी दिएको छ ।


कार्यक्रम अनुसार असोज १२ गते देखि माग पुरा नहुँन्जेल सम्म अनिश्चितकालिन नगरकार्यपालिकाको मुल ढोकामा तालाबन्दी गर्ने जनाएको हो ।


८ हजार केन्द्रीय सरकारले र ७ हजार पालिकाले थपेर १५ हजार तलब उपलब्ध गराउने सकारको निर्णय अनुसार नगरपालिकाले उपलब्ध नगराए पछि नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिकले आन्दोलन मार्फत दबाब दिदै आएको छ ।

इनरुवा नगरपालिकाका विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारी तलब थपकै विषयलाई लिएर विगत ६ महिनादेखि निरन्तर आन्दोलनमा छन् ।