सोलुखुम्बु /८ असोज-शिक्षाविकास तथा समन्वय इकाइ सोलुखुम्बुले सक्रियरुपमा पार्टीको पदमा रही काम गरेका वा राजनीतिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनितिमा सहभागि भएका सामुदायिक विद्यलायमा कार्यरत शिक्षकहरुलाई कारवाही गरिने चेतावनि दिएको छ ।
सक्रिय राजनितिमा सहभागि भई विद्यलायको पठन पाठनमा प्रभावित भएको जनगुनासो एवम् उजुरी प्राप्त भएकाले इकाइको गम्भिर ध्यानाकर्षण भएको जनाउदै कारवाही गरिने चेतावनि दिएको हो ।

साथै शिक्षक जस्तो गरिमामय पदमा आसिन बहालवाला शिक्षक कर्मचारीले सक्रिय राजनितिमा भाग लिन नपाउने शिक्षा ऐन,२०२८(संशोधन सहित) को दफा १६ (ङ्) उपदफा ५ को छ मा उल्लेखित व्यावस्था रहेको र सो को उल्लंघन गरी ऐन तथा नियमावलीमा भएका व्यावस्था पालना नगर्ने शिक्षकलाई शिक्षा नियमावली २०५९ को परिच्छेद २३, नियम १३८ को उपनियम (१) बमोजिम कारवाही गरीने जनाएको छ ।



