भक्तपुर/२१ असार- शिक्षकहरु र शिक्षकका संघ संगठनमा आबद्ध नेतृत्वहरु पेशागत हितका लागि बिभिन्न चरणको आन्दोलनमा छ्न । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक माहासङ्घको नेतृत्वको विवादले आम शिक्षकको माहासङ्घप्रतिको बिश्वास घट्नु मात्र होइन–महासङ्घको नेतृत्वप्रति शंका पनि छ । सेवा निवृत्त शिक्षक बाबुराम थापा महासङ्घको नेतृत्व आफैले निरन्तर लिइ रहनु पर्छ भन्दा अर्को तर्फ महासङ्घका सहअध्यक्ष पुर्ण दबाडि, महासचिव लक्ष्मीकिशोर सुवेदी लगायत १३ घटकका समुह धर्ना , सामाजिक सञ्जाल लगायतका आन्दोलनमा छ्न ।
बाबुराम थापा समुह सरकारको बजेट र नीतिलाइ समर्थन गर्दै सरकार बचाउमा छ । गत ३ बर्ष अगाडि प्रर्दशनी मार्गमा करिब शिक्षकबाट पाँच करोड रुपैया खर्च गरि ठुलो सडक आन्दोलन भईरहदा शिक्षक नेतृत्वले सरकारसँग सम्झौता गरि निर्णायक आन्दोलनलाइ अन्तै मोडि विदेश भ्रमणको लोभ र लालचमा परि नेतृत्व ब्यक्तिगत फाइदामा फसेको र आम शिक्षकलाइ धोका दिएको गम्भिर आरोप छ ।
गत ३ बर्ष अगाडि प्रर्दशनी मार्गमा करिब शिक्षकबाट पाँच करोड रुपैया खर्च गरि ठुलो सडक आन्दोलन भईरहदा शिक्षक नेतृत्वले सरकारसँग सम्झौता गरि निर्णायक आन्दोलनलाइ अन्तै मोडि विदेश भ्रमणको लोभ र लालचमा परि नेतृत्व ब्यक्तिगत फाइदामा फसेको र आम शिक्षकलाइ धोका दिएको गम्भिर आरोप छ ।
नेपाल शिक्षक माहासङ्घले खोप नलगाई विद्यालय जादैनौं भनिरहदा कानुनी लडाइँका अगुवाई कर्ता रमेश बाबु भट्टराईले शिक्षकले यथासिघ्र खोप पाउनुपर्ने भए पनि उक्त नारा व्यबहामा चरितार्थ गर्न नसकिने बताउदै आइरहेका थिए । किनभने राज्यले आफै खोप निर्माण गर्न नसकेको र मित्र राष्ट्रसँग भर पर्नु पर्ने हुँदा मित्र राष्ट्रमै खोप नपुगेको टिप्पणी गरेका थिए । फेसबुक प्रोफाइल फ्रेम र सामाजिक सञ्जाल साथै एसएमएस आन्दोलनको अबधारणा उहाबाटै गतवर्ष सुरु भएको हुँदा यो आन्दोलनले परिणाम दिन नसक्ने र सडक आन्दोलनमा होमिन निरन्तर कडा शब्दमा उहाले खबरदारी गर्नु भएको थियो ।
आन्दोलनरत नेपाल शिक्षक माहासङ्घको एक जुम कार्यक्रममा करिब ३०० जनाको उपस्थितिमा १०० जनाले रमेशबाबु भट्टराईको तर्क सुन्न दबाब दिए पनि आयोजकले प्रतिबन्ध गर्दा उनी लगायत उनको टोलि रुष्ट थियो । फलस्वरूप बारम्बार बेरुजु आएको ५७ लाख र त्यहीभित्रको भ्रष्टाचारका विरुद्धमा खरो उत्रिएका भट्टराईले नामि उजुरी अख्तियारमा हाले र महासंघले बिज्ञप्ति नै निकालेर कारवाहिको धम्कि दियो ।
कोभिड -१९ का कारण तत्काल सडक आन्दोलन सम्भव नहुने भएपछि भट्टराईले शिक्षकलाई राज्यले गरेको बिभेद बिरुद्ध काठमाडौमा उपस्थित साथीहरूको प्रत्यक्ष सहयोग लिइ भौतिक रुपमै २०० जनाको टोलि लिएर सर्बोच्च अदालत गए । रिट दाएर गरे र प्रथम बहसले सरकारलाइ १५ दिन भित्र उपस्थित भएर शिक्षकलाइ गरेको बिभेद बिरुद्ध कारण देखाउ आदेश जारि गर्यो ।
संघ संगठन र माहासङ्घ सँगको बढ्दो दुरिले उनले आम शिक्षकको पक्षमा आबाज उठाउदा समेत समर्थन जुटाउन सकेनन् । यद्यपि पदासिन केहि शिक्षक नेतृत्व बाहेक आम शिक्षकले उनले लिएको अगुवाईको सामाजिक संजालमा खुलेरै प्रसंशा गरेका छ्न जुन शिक्षक नेतृत्वलाइ चुनौतीका साथ भारी पर्ने देखिन्छ ।
सेवा निवृत्त शिक्षक बाबुराम थापा पदमा बस्ने नैतिकता नभएको भनि सार्वजनिक रुपमै खरो उत्रिएका भट्टराई आफु आबद्ध सस्था नेपाल शिक्षक सङ्घले पनि ४ बर्षको अबधिमा सिन्को नभाचेको आरोप लगाउदै आएका थिए । तसर्थ संघ संगठन र माहासङ्घ सँगको बढ्दो दुरिले उनले आम शिक्षकको पक्षमा आबाज उठाउदा समेत समर्थन जुटाउन सकेनन् । यद्यपि पदासिन केहि शिक्षक नेतृत्व बाहेक आम शिक्षकले उनले लिएको अगुवाईको सामाजिक संजालमा खुलेरै प्रसंशा गरेका छ्न जुन शिक्षक नेतृत्वलाइ चुनौतीका साथ भारी पर्ने देखिन्छ ।
को हुन रमेश बाबु भट्टराई ?
एम. फिल. अध्ययनरत ३८ वर्षीय भट्टराई म्याग्दे गाउँपालिका तनहुँ स्थित रत्न माध्यमिक विद्यालयका प्र.अ. हुन । बि स २०७२ शालमा स्थायी नियुक्ति लिएका भट्टराई दुर्गम विद्यालय रत्न माविको स्तरोन्नतिका लागि संघर्षरत छ्न । बिभिन्न दातृ निकायसँग समन्वय गर्दै स्वयंसेवक शिक्षकको ब्यबस्था, आधुनिक सिकाइ सामाग्रीको व्यवस्था लगायत विद्यालयको भौतिक ब्यस्थापनमा तल्लीन छन् ।
त्यसैगरी शिक्षणमा नबिनतम प्रयोगमा रुचि राख्ने भट्टराई आर्थिक रुपले विद्यालय कमजोर भए पनि स्मार्ट टेलिभिजनको प्रयोग गरि पठन पाठन गर्न लगाउने तनहुँको पहिलो सामुदायिक विद्यालय बनाउन सफल भएका थिए।
निडर र हक्कि स्वभावका भट्टराई अध्यनशील र मेहनती छ्न । अंग्रेजी बिषय अध्यापन गराउने शिक्षक भट्टराई तनहुँकै लोकप्रिय र दक्ष शिक्षकमा गनिन्छ्न । उनीसँग अतिरिक्त कक्षा पढ्ने विद्यार्थीहरुको अशोभनीय भिड हुने स्थानिय शिक्षकहरु बताउछ्न । कर्ममा बिस्वास गर्ने भट्टराई बिहानमा कलेज समेत अध्यपन गराइ कृषि ब्यबसायमा समेत आबद्ध छ्न ।
गलत कुरालाई सिधै खबरदारी गर्ने भट्टराई उनी सम्वन्धित सस्थामा समेत गलतलाइ गलत र सहिलाइ सहि भन्छ्न । स्वस्थ छबिका भट्टराई तनहुँ जिल्लाबाट नेपाल शिक्षक संघको प्रदेश प्रतिनिधिमा स्वतन्त्र चुनाब लडेर अत्याधिक मत प्राप्त गरेका थिए । यसले पनि के देखाउछ भने साधरण शिक्षकहरु माझ उनी निकै लोकप्रिय रहेका छन् ।
वि.सं. २०७४मा गण्डकी प्रदेशमा नेपाल शिक्षक संघको महासचिब पदमा उम्मेदवार घोषणा गरेका उनलाई सर्बसम्मत बनाउने दबाबमा उपमाहसचिबमा उम्मेदवार दिन अनुरोध भयो । उपमाहसचिबमा उनको मात्र उम्मेदवारी पर्यो । उम्मेदवारी दिने निर्धारित समय सकिएको घोषणको एक घण्टा पश्चात उनी बिरोधी टोलिले एकजना उम्मेदवार तयारि गर्यो र उनको बिरोध बाबजुद पनि एक पात्रलाई उम्मेदवारी दिलायो । उनी चुनाब लड्न तयार भए तर चुनाबै नगरि र उनले उम्मेदवारी नझिक्दा नझिक्दै केहि महिना पछि उनका प्रतिद्वन्दीलाइ संघिय समितिको उपस्थितमा बिजयी घोषणा गरियो र उनले संघको बिधान मिचेर गरिएको घोषणाको चर्को बिरोध गरे ।
उम्मेदवारी दिने निर्धारित समय सकिएको घोषणको एक घण्टा पश्चात उनी बिरोधी टोलिले एकजना उम्मेदवार तयारि गर्यो र उनको बिरोध बाबजुद पनि एक पात्रलाई उम्मेदवारी दिलायो । उनी चुनाब लड्न तयार भए तर चुनाबै नगरि र उनले उम्मेदवारी नझिक्दा नझिक्दै केहि महिना पछि उनका प्रतिद्वन्दीलाइ संघिय समितिको उपस्थितमा बिजयी घोषणा गरियो र उनले संघको बिधान मिचेर गरिएको घोषणाको चर्को बिरोध गरे ।
भट्टराईको जुझारुपन कर्म, तर्क र संघर्षशील व्यबहारलाई नियालिरहेका शिक्षकहरुले उनलाई २०७४ साल चैत्रमा देशैभरिका ५०० शिक्षकको उपस्थितिमा स्थायी शिक्षक हक हित मंचको केन्द्रिय संयोजक तोक्यो । त्यसपछि पेसागत मुद्दालाई प्राथमिकतामा राखि बिभिन्न भर्चुअल कार्यक्रम मार्फत स्वतन्त्र रुपमा उदाहरणीय कार्यक्रम संचालन गर्दै आएका भट्टराई अहिले आम शिक्षकहरुको आसाका केन्द्र बनेका छन् । कुटनैतिक पहलमा अब्बल मानिने भट्टराईका प्रयास शिक्षा क्षेत्रमा कत्तिको उपयोगी हुनेछ्न भनि भाबव दिनले देखाउला।



