काठमाडौं/२० असार–त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्र्तगत एम.एड तहमा नयाँ भर्नाका लागि आवेदन फारम माग गरेको छ । शिक्षाशास्त्र संकायमा स्नातक तह उत्तीर्ण गरेका वा एक वर्षे बि.एड उत्तीर्ण गरका विद्याथर््ीहरुका लागि शैक्षिक वर्ष २०७७÷०७८ का लागि प्रवेश परीक्षा फारम खुला गरेको हो ।
इच्छुक व्याक्तिहरुले असार २० गते देखि साउन १८ गते सम्म भित्र आवेदन फारम बुझाउनु पर्ने छ । त्यसैगरी दोब्बर शुल्क सहित साउन १९ गते देखि २५ गते सम्म भित्र आवेदन बुझाउन सकिने विश्वविद्यालयले जानकारी दिएको छ ।
प्रवेश परीक्षा साउन ३० गते गरी प्रवेश परीक्षाको नतिजा भाद्र ५ गते प्रकाशन गरीने जनाएको छ । साथै प्रवेश परीक्षामा नाम निस्कने विद्यार्थीले भाद्र १५ भित्र भर्ना हुनु पर्ने छ ।




