काठमाडौं/१८ असार- राष्ट्रिय किताबखाना (शिक्षक)ले सेवानिवृत्त शिक्षकहरुको प्राविधिक ग्रेडका लागि ७७ वटै इकाइ र सबै स्थानीय तह सँग विवरण माग गरेको छ ।
सेवानिवृत्त शिक्षकहरु एवम तलबी प्रतिवेदन पारीत गराउने स्थनीय तहहरुले कागजात सहित प्राविधिक ग्रेडका लागि किताबखानामा निवेदन दिन आग्रह गरेको हो ।
२०५७ साल साउन १ गतेभन्दा अघि स्थायी नियुक्ति लिई प्राविधिक २ ग्रेड थप खाइपाइ आएका र २०७३ साउन १ गते पछि सेवा निवृत्त भई निवृत्त अधिकार पत्र लिइसकेका र निवृत्तभरणका लागि किताबखानामा फाईल पेस गर्ने चरणमा रहेका शिक्षकहरुको विवरण स्थानीय तहसँग माग गरिएको छ ।
साथै सेवा निवृत्त भई निवृत्त अधिकार पत्र लिइसकेका र निवृत्तभरणका लागि किताबखानामा फाईल पेस गर्ने चरणमा रहेकासेवानिवृत्त शिक्षकहरु एवम तलबी प्रतिवेदन पारीत गराउने स्थनीय तहहरुले किताबखानाले भने बमोजिमको कागजात सहित निवेदन दिनुपर्ने छ ।




