जेभियर इन्टरनेसनल कलेज वर्ल्ड लिडर समिट अवार्ड जित्न सफल

काठमाडौं /१७ असार- जेभियर इन्टरनेसनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जित्न सफल भएको छ । उत्कृष्ट पूर्वाधार सहित गुणस्तरीय शिक्षा प्रदान गरि अब्बल जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेसनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो ।


युग सुहाउँदो शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा पु¥याएको अतुलनीय योगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेकाले कलेज सम्मानीत भएको जेभियर इन्टरनेसनल कलेज कालोपुलका सिईओ लोक बहादुर भण्डारीले बताउनु भयो ।


इन्टरनेसनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट,कल्चर एन्ड एजुकेसन ) नामक संस्थाले विश्वभरीबाट जेभियर इन्टरनेसनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोले सो सम्मान प्रदान गरेको जेभियर कलेजले जनाएको छ ।


काठमाडौंको कालोपुलमा रहेका जेभियर इन्टरनेसनल कलेज यस अघिपनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ ।