सिटिईभिटिका स्वास्थ्य कार्यक्रम स्तरोन्नतिका लागि समय थप

काठमाडौं /१७ असार- प्रविधिक शिक्षा तथा ववसायिक तालीम परिषद् सिटीईभिटिले प्रि डिप्लोमा तहको स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको स्तरोन्नतिका लागि सूचना जारी गरेको छ । चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम स्तरोन्तिका लगि राष्ट्रिय चिकित्सा शिक्षा आयोग द्धारा तयार पारिएको स्तरोन्नति सम्बन्धि मापदण्ड २०७७ बमोजिम स्तरोन्नतिका लागि सूचना जारी गरेको हो ।


परिषद् कार्यलयबाट स्वीकृत प्राप्त गरेका प्रमाण पत्र तह भन्दा मुनिका प्रि डिप्लोमा तहका स्वस्थ्य सम्बन्धि कार्यक्रमहरु स्तारेननतिका लागि बैशाख ३ गते र जेठ ४ गते सूचना प्रकशित गरिए पनि कोभिड १९ महामारीका कारणले अहिले पनि निषेधाज्ञा कायम रहेकाले बैशाख ३ गतेको सूचनामा तोकिएको सर्त र कागजजात सहित यो सूचना प्रकाशित मितिले १५ दिन भित्र निवेदन पेस गर्ने समय थप गरिएको छ ।


निवेदन अनलाईनबाट पेस गर्न सकिने व्यावस्था रहेको प्रविधिक शिक्षा तथा ववसायिक तालीम परिषद्ले जनाएको छ । साथै तोकिएको म्यादभित्र चेकलिष्टमा उल्लेखित विवरण, सूचनामा उल्लेख गरिएका सर्त तथा कागजात पुरा नभएका निवेदन उपर कुनै प्रक्रिया अगाडि नबढ्ने जनाकारी दिएको छ ।