अनन्तप्रसाद घिमिरे
काठमाडौं /१४ असार- शिक्षकको मर्यादाक्रम र रास्ट्रसेवक कर्मचारी सरहको सेवा सुबिधाको माग राख्दै सर्बोच्च अदालतमा मुद्दा दायरको प्रक्रिया अघि बढेको छ। आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भनिए पनि प्रयाप्त गृहकार्य नपुगेको कारणले आज रिट दायर हुन सकेन। गृहकार्य गरि भोलि र पर्सि सम्म दर्ता गर्ने प्रतिबद्धता वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले जनाएका छन् ।
शिक्षण पेशालाई मर्यादित बनाउन , सबैप्रकारका रास्ट्रसेबक कर्मचारीलाई समान व्यबहार गर्नुपर्छ भन्ने कुराको न्यायिक घोषणा गराउन र रास्ट्रसेबक कर्मचारी बीच बिभेदको अन्त्य गराउनको लागि परमादेश को लागि रिट दर्ता गराउने अवस्थासम्म आइपुगेको यसका नेतृत्वकर्ता रत्न मा.वि. तनहुका प्रधानाध्यापक तथा स्थायी शिक्षक हक हित मन्चका केन्द्रिय संयोजक रमेश भट्टराईले बताएका छन् ।
यो अभियानबाट समस्त न्यायप्रेमी शिक्षकहरु उत्साहित बनेको र अदालतबाट पनि शिक्षककै पक्षमा निर्णय हुनेमा अदालत परिसरमा उपस्थित शिक्षकहरु विश्वस्त रहेका छन् ।



