काठमाडौं /१५ असार- पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेजका पाँच जना पूर्व विद्यार्थीहरु यो वर्ष मात्रै राज्यको उच्च पदमा पुग्न सफल भएका छन् । कलेजको आमसंचार तथा पत्रकारिता बिभागमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु राज्यको उच्च पदमा पुग्न सफल भएका हुन ।
बालकृष्ण बस्नेत नेपाल प्रेस काउन्सिलको अध्यक्ष, सिद्धराज राई राष्ट्यि समाचार समितिको महाप्रबन्धक, अशोक प्यासी राई सांस्कृतिक संस्थानको महाप्रबन्धक, लक्ष्मण हुमागाई नेपाल विज्ञापन बोर्डको अध्यक्ष र टेक प्रसाद राई नेपाल प्रहरीको एस एस पी पदमा नियुक्त भएका छन् ।
सन् २००० देखि शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको कान्तिपुर सिटी कलेज अनुभवी व्यवस्थापन समूह र दक्ष शिक्षकहरूसहित पठनपाठन र अध्ययन अनुसन्धानका लागि अब्बल मानिन्छ । बौद्धिक समाज निर्माणका लागि दक्ष र नैतिक जनशक्ति उत्पादनका साथै लामो समयदेखि विद्यार्थी केन्द्रित विभिन्न कार्यक्रमहरू,स्कोलर म्यागजिन र मिडियासम्बन्धी अनुसन्धानात्मक जर्नल प्रकाशन गर्दै आएको छ ।
केसीसीको विगतको इतिहासलाई हेर्ने हो भने पनि अध्ययन गरेका विद्यार्थीहरु अध्ययन पूरा हुनेवित्तिकै कुनै न कुनै संस्थामा संलग्न भएका छन् । केही निकै उच्च तहमा पुग्न सफल भएका छन भने केही राम्रै पदमा रही उत्कृष्ट नतिजा दिन सफल भएका छन् ।
त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न कर्पोरेट कम्पनीहरुसँग सम्झौता गरेको छ । जसअनुसार पछिल्लो समयमा जापानको टोयो कम्पनीसँग सम्झौता गरेको कलेजले जनाएको छ । जसमा पहिलो श्रेणीमा उत्तीर्ण हुने प्रत्येक विद्यार्थीले टोयो कम्पनीका लागि जापान मै गएर काम गर्न पाउने छन् ।
जापानको टोयो वर्क लि., ई.बी.पल्र्स (नेपाल, अष्ट्रेलिया र संयुक्त अधिराज्यमा), भारतको बैंगलोरको साइट्रिक्स आर एण्ड डी प्रा.लि., टेकटाक नेपाल (नेपाल, संयुक्त अधिराज्य अमेरिका र संयुक्त अधिराज्य) र हाम्राकुरा डट कम जस्ता कम्पनीहरु सँगको सम्झौता मार्पmत् विद्यार्थीहरूलाई रोजगारी तथा इन्टर्नशीपका अवसर दिँदै आएको छ ।
चार सङ्काय, १ व्यावसायिक अध्ययन विभाग, ८ शैक्षिक उपाधि, ४ प्रमाणीकरण कार्यक्रम र ३ स्वतन्त्र अनुसन्धान इकाइ जस्ता कुराले आफ्नो शैक्षिक दायरा फराकिलो बनाउँदै आएको कलेजले अहिले सम्म BCA, BIT, BBA र BE (सिभिल / कम्प्युटर )का स्नातक तहका कार्यक्रम देखि MCA, PDGCA / MA MCJ सम्मका स्नाकोत्तर तहका कार्यक्रम मार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
तप दिप्ती सिटौला(MCA), नुमराज खनाल शर्मा ( MA MCJ, २०११),नारायण खड्रका (BBA,२०११), रेशम राज सिग्देल (MA MCJ, २०१२) र विश्वविद्यालय सर्वोत्कृष्ट समेत हुन सफल आभास धरानन्द राजोपाध्याय (MA MCJ, २०१३)च्।िरन्जिबि देवकोटा (MA MCJ, २०१५) माधव थापा क्षेत्रि (MA MCJ, २०१५) विपना श्रेठ ( MA MCJ, २०१९) रुपक देब शर्मा (MA MCJ, २०१९) हालसम्म शैक्षिक क्षेत्रका ११ जना स्वर्णपदक विजेता पाइसकेको छ ।
संयुक्त राष्ट्र संघको दीगो विकास समाधान सञ्जालको सदस्य रहेको कलेजले दीगो विकास लक्ष्य नाम दिदै सन् २०३० सम्मका लागि १७ वटा लक्ष्य लिएको छ ।








