कार्यक्रम नवीकरणका लागि सिटिईभिटि द्धारा निवेदन माग

काठमाडौं /८ असार -प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् , स्तर निर्धारण महाशाखाले परिषद्बाट सम्बन्धन,स्वकृति लिई सञ्चालनमा रहेका प्रि डिप्लोमा र डिप्लोमा, प्रमाणपत्र तह कार्यक्रमका नवीकरणका लागि सूचना जारी गरेको छ ।


स्वकृति पाएको मितिले दुई वर्ष पछि प्रत्येक वर्ष कार्यक्रम नवीकरण गर्नपर्ने व्यावस्था भए अनुसार यस प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले नवीकरणका लागि सूचना जारी गरेको हो ।


भौतिक रुपमा नियमित अनुगमन र स्वमुल्यांकन मार्फत नविकरण गरिएकोमा यस वर्ष कोभिड १९ महामारीका कारण अनलाइनबाटै गर्न लागिएको जनाएको छ ।


प्रविधिक महाशाखाबाट स्वीकृत भएका संस्थाहरुले शैक्षिक सत्र २०७७/०७८ सम्म नवीकरण गरेका संस्थाहरुको मात्र २०७८÷०७९ का लागि कार्यक्रम नविकरण गराउन भनिएको छ ।


साथै नवीकरण शुल्क,टिएमआइएस शुल्क र आवश्यक कागजातहरु सहित असार २१ गते भित्र नियमित शुल्कमा र असार २८ गते सम्म विलम्ब शुल्कमा नविकरणका लागि निवेदन दिन सकिने जानकारी दिइएको छ ।