काठमाडौं /८ असार- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि आवेदन दिएका सबै आवेदकले आगामी असार ९ गते देखि १० गते भित्र परीक्षा केन्द्र स्थान छनोट गर्नुपर्ने सूचना जारी गरेको छ ।
कोभिड १९को विषम विषम परिस्थितिका कारण आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा उपत्यका बाहिर समेत परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्ने अवस्था आएमा सोको तयारीका लागि परीक्षा केन्द्र स्थान छनोट गर्न भनिएको हो ।
चिाित्सा शिक्षा आयोगको अनलाइन मार्फत दिइएको केन्द्र स्थान मध्ये विद्यार्थीलाई आफूलाई पायक पर्ने परीक्षा केन्द्र स्थान छनोटका लागि सूचना जारी गरेको छ ।
एकभन्दा बढी शैक्षिक कार्यक्रममा आवेदन दिने उम्मेदवारले आफूले आवेदन दिएका प्रत्येक शैक्षिक कार्यक्रमका लागि छुट्टाछुट्टै चेक योर स्टाटसमा लगइन गरी सबै शैक्षिक कार्यक्रमको एउटै परीक्षा केन्द्र स्थान छनोट गर्ने सूचित गरेको छ ।
उम्मेदवारले छनोट गरेको स्थानमा परीक्षा केन्द्र कायम गर्ने नगर्ने सम्बन्धमा उत्पन्न परिस्थितिको अवस्था विश्लेषणपछि मात्र निर्णय हुने र परीक्षर्थीको परीक्षा केन्दैको विवरण प्रवेश पत्रमा उल्लेख गरिने सूचनामा भनिएको छ ।



