काठमाडौं /७ असार- बेल्जियममा बनाउदै गरेको विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको केहि भाग भत्किँदा त्याहा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।
उक्त दुर्घटनामा परेर नौ जना मजदुर घाइते भएका छन । उनिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आगामी शैक्षिक सत्रका लागि विद्यालय भवन निर्माण गरिदै थियो । बेल्जियममा सेप्टेम्बरबाट नयाँ शैक्षिक सत्र सुरु हुने गर्छ ।
घटनाबारे छानविन गरिने घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने प्रशासनले जनाएको छ ।



