विना सूचना अनुपस्थिति रहेका कर्मचारी हटाउने त्रिविको निर्णय

काठमाडैं /६ असार-त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यलय,कर्मचारी प्रशासन महाशाखाले विना सूचना अनुपस्थिति रहनु भएका स्टाफ नर्सलाई स्पष्टीकरण पेश गर्न भनेको छ ।


त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका स्टाफ नर्स प्रतिभा सिलवाल र सृजना सिंहले एम.एन अध्ययनका लागि २०७५/५/१ देखि अध्यययन विदा माग गरी अनुपस्थिति रहेको र अध्ययन विदा दिन नसकिने निर्णय भएकोले हाजिर हुन पत्राचार गर्दा पनि अनुपस्थिति रहे पछि स्पष्टीकरण पेश गर्न भनिएको हो ।


घर ठेगानामा पत्राचार गर्द समेत विना सूचना अनुपस्थिति भई अस्पताल जस्तो संवेदनशील क्षेत्रको काममा बाधा परेकाले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धि नियम, २०५० को परिच्छेद १० को नियम ८४ (१) छ को कसुर अनुसार काबाही गर्ने निर्णय गरेको छ ।


१५ दिनभित्र स्पष्टीकरण पेश गर्न त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार सूचित गरिएकोमा पेश गरिएको स्पष्टिकरण जे जस्तो भएपनि नियमको ८२ (ख) १ अनुसार सेवामा अनुपस्थिति भएको मिति देखि सेवाबाट हटाउने भएको छ ।


साथै यस सम्बन्धमा ३५ दिन भित्रमा आ आफनो स्पष्टिकरण पेश गर्न त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार सूचित गरेको छ ।